मादक पदार्थ सेवन गरी विवाद हुँदा राईको हत्या, दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक १२, आईतवार ०९:४५

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ पेल्माङ बस्ने ५० वर्षीय सितल बहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार राति दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरन बहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मादक पदार्थ सेवन गरेर वादविवादसंगै भएको झै–झगडामा सितल बहादुर राईको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनालगतै सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले झै–झगडामा संलग्न धरन बहादुर र समितलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।