मकवानपुरमा क्रेन दुर्घटना हुँदा महतोको मृत्यु

तु खबर संवाददाता
२०८० कार्तिक ९, बिहीबार ०९:१७

मकवानपुर । मकवानपुरमा सवारी दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगंज ३० लालपर्सा बस्ने वर्ष १८ का बिपिन महतो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

आज विहान पूर्वपश्चिम सडकखण्ड हुँदै हेटौंडातर्फ आउँदै गरेको ना १ क ६०५५ नम्वरको हाइड्रा क्रेन हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाई स्थित खण्डमा आफैँ अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएका क्रेनका सह–चालक महतोलाई हेटौंडा अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दूर्घटनामा वीरगंज–३० निवासी ३० वर्षीय दसरथ पासवान घाइते भएको र उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।