तुइन चुडिएर कर्णाली नदीमा खस्दा पुरुष बेपत्ता

तु खबर संवाददाता
२०८० आश्विन २१, आईतवार ०९:०३
File Photo

सुर्खेत । हुम्लामा तुइन तर्ने क्रममा कर्णाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् ।

जिल्लाको सर्केगाड गाउँपालिका–२ रिपस्थित ल्याप्चे घाटबाट मुगुको सोरु गाउँपालिका–५ नेर गाउँका ३८ वर्षीय मकरसिंह नेपाली बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनी कर्णाली करिडोरको ग्युसी–छारे खण्डमा मजदुरको रुपमा काम गर्दै आएका थिए ।

शनिबार काम सकेर बासस्थानतिर जाँदै गर्दा तुइनबाट खसेर उनी बेपत्ता भएका हुन् । बेपत्ता उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।