बाढी र डुबानका कारण एमाले सचिवालय बैठक स्थगित

तु खबर संवाददाता
२०८० भाद्र ८, शुक्रबार १५:५६

काठमाडौं । सिराहामा हुने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

सिराहाको धनगडीमाइ नगरपालिका अम्वासमा यही भदौ ९ गतेका लागि आह्वान गरिएको एमाले केन्द्रीय सचिवालय बैठक बाढी र डुबानका कारण स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार, सबै तयारी पुरा भएपनि बैठक स्थल डुबानमा परेकाले अर्को सूचना जारी नभएसम्म एमाले केन्द्रीय सचिवालय बैठक स्थगित गरिएको हो ।

एमालेले २०४६ सालमा भूमिगत रुपमा चौथो महाधिवेशन गरेको उक्त स्थानमा यस पटक सोही दिन पारेर सचिवालय बैठक राखेको थियो ।