मकवानपुरमा डेंगू संक्रमितको संख्या २२० पुग्यो

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या २२० पुगेको छ । जिल्लामा बुधबार थप १४ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या २२० पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
बुधबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ५ जना, बागमती गाउँपालिकाका ७, बकैयाँ गाउँपालिकाका एक जना र अन्य जिल्लाका एक जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ १५६ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, मकवानपुरगढी गाउँपालिकामा २ जना, बागमती गाउँपालिकामा ७, मनहरी गाउँपालिकामा ४ जना, भीमफेदी गाउँपालिकामा ५ जना, बकैया गाउँपालिकामा ३ जना, राक्सिराङ गाउँपालिकामा १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका दुई जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।