नेप्से १७ अंकले बढ्यो, १ अर्ब ३३ करोडको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो तीन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । मंगलबार नेप्से १७.६९ अंकले बढ्दा २०१५.९८ को विन्दुमा कायम भएको छ ।
यस्तै, आज नेप्सेमा सूचीकृत २७७ कम्पनीको ६० लाख ३१ हजार ३ सय ५६ कित्ता १ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसअघि सोमबार नेप्से १२.९३ अंकले घटेर १९९८.२८ को विन्दुमा झरेको थियो भने २७२ सूचीकृत कम्पनीहरुको ४१ लाख ६३ हजार ८ सय ७२ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४० करोडको शेयर कारोबार भएको थियो ।
आज सबै क्षेत्रको उपसूचक हरीयाली छाएको छ । सोमबार सबै उपसूचक राताम्मे भएको थियो ।



