प्राधिकरणले हटायो दुर्गममा अपरान्ह १२ बजेपछि जहाज उडाउन नपाउने नियम

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा अपरान्ह १२ बजेपछि जहाज उडाउन नपाउने नियम हटाएको छ ।
यसअघि छोटो धावनमार्ग भएका पहाडी भेगमा प्राधिकरणले अपरान्ह १२ बजेपछि उडानमा रोक लगाएको थियो । तर, हिमाली तथा पहाडी जिल्लामा विरोधपछि प्राधिकरणले उडानको नियम हटाएको हो ।
यस्तै, उडानलाई थप सुरक्षित र व्यवस्थित बनाउन अब अतिरिक्त समयका लागि चालक दल स्वयमले जिम्मेवारी लिनु पर्नेछ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अब उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भिजिविलिटी कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा पश्चात मात्र उडान अनुमति दिइनेछ ।