नेप्सेमा झिनो अंकको सुधार, १ अर्ब ५४ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०८० श्रावण ३२, बिहीबार १५:५२
file-photo

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्सेमा झिनो अंकको सुधार आएको छ ।

नेप्सेमा सुधार आएसँगै १२ उपसूचकमा हरियाली छाएको छ । बिहीबार नेप्से परिसूचक ८ अंकले बढेर २०३३ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २७१ कम्पनीहरुको ४० लाख कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५४ करोड १३ लाखको कारोबार भएको छ ।

यसअघि बुधबार नेप्से परिसूचक २०.३१ अंकले घटेर २०२५ को विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २६९ कम्पनीहरुको ४८ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ९९ लाख ८० हजारको कारोबार भएको थियो ।

आज ट्रेडिङ उपसूचक सर्वाधिक २.५३ प्रतिशतले बढेको छ भने दोस्रोमा होटल तथा पर्यटन उपसूचक २ प्रतिशतले बढेको छ । त्यस्तै, आज एकमात्र म्युचुअल फण्ड उपसूचक ०.२३ प्रतिशतले घटेको छ ।