दोहोरो अंकले घट्यो नेप्से, २ अर्ब १५ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०८० श्रावण ३०, मंगलवार १६:३४

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ३१.८० अंकले घटेर २०४५ को विन्दु्मा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २७८ कम्पनीहरुको ५६ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब १५ करोड ७३ लाखको कारोबार भएको छ ।

यसअघि सोमबार नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७ को विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २७९ कम्पनीहरुको ५४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजारको कारोबार भएको थियो ।

आज उत्पादन तथा प्रशोधन उपसूचक सर्वाधिक ४.२६ प्रतशितले घटेको छ । त्यस्तै, हाइड्रोपावर, फाइनान्स र होटल तथा पर्यटन उपसूचक क्रमशः २.३१, २.२४ र २.१५ प्रतिशतले घटेको छ ।