मुस्ताङमा बाढीले १५ घर, प्रहरी चौकी र पुल बगायो

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ ।
गएराति करिब ८ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्याएको हो । बाढीले मानवीय क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।
प्रहरीहरुले हतियार भने जोगाउन सफल भएका छन् । प्रहरीहरु गाउँपालिकाको भवनमा बसेका छन् ।
कागबेनी र छुसाङ जोड्ने पक्की पुल बगाएपछि कागबेनीसँग अपर मुस्ताङको सडक सम्पर्क टुटेको प्रजिअ केसीले बताए ।