भारतमा सडक दुर्घटनामा परेर १० जनाको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण २७, शनिबार १५:३१
file photo

नयाँदिल्ली । भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु स्थानीय प्रहरीले जनाएको छ ।

राज्यको अहमदाबाद जिल्लाको बाभला–बगोदरा राजमार्गमा यात्रुवाहाक गाडी रोकी राखेको ट्रकसँग ठोक्किए हुँदा उनीहरुको मृत्यु भएको हो ।

पीडितहरू नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटनामा परेका थिए ।

यस्तै, सोही दुर्घटनामा परेर १३ जना घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । एजेन्सी