बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद

ढोरपाटन । बागलुङमा बुधबार ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ । जिल्लाको हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोलीले एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार, गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा पाँच नाल भरुवा बन्दुक फेला पारेको हो ।
बन्दुक कसले र किन राखेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।