भारतमा सवारी दुर्घटनाः ६ जना नेपालीको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण २१, आईतवार ०८:२०
सांकेतिक तस्वीर

काठमाडौँ । भारतमा सवारी दुर्घटनामा परी दुई परिवारका ६ जना नेपालीको मृत्यु भएको छ ।

भारतको बलरामपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गएराति गाईसँग ठोक्किएर सवारी दुर्घटना भएको र ५ जना नेपालीको मृत्यु भएको त्यहाँका सञ्चारमाध्ययमहरुले जनाएका छन् ।

दुर्घटनामा नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो ।

मृतकको भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।