मोटरसाइकल दुर्घटनामा परेर २ जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा शुक्रबार मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको महावै गाउँपालिका–७ का २३ वर्षीय कृष्ण शाही र शुभकालिका गाउँपालिका– ३ का २३ वर्षीय बिमोचन विष्ट रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, कर्णाली प्रदेश ०२००२ प १९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनीहरु घाइते भएका थिए । घाइते उनीहरुको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो ।
मृतक शाही मोटरसाइकल चालक हुन् । उक्त मोटरसाइकलमा तीन जना सवार थिए । तीमध्ये मोटरसाइकलमा सवार खाँडाचक्र नगरपालिका–५ कालिकोटका १९ वर्षीय प्रकाश कठायत घाइते भएका छन् । उनको उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।