शेयर बजारमा सामान्य वृद्धि, साढे १ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०८० श्रावण १८, बिहीबार १५:४४
file-photo

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य वृद्धि भएको छ । आज सूचकांक ३ अंकले बढेर २०८९ को विन्दुमा कायम भएको छ ।

यस्तै, आज नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ५१ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७८ करोड १९ लाख ४१ हजारको कारोबार भएको छ ।

आज ७६ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको मूल्यमा भने गिरावट आएको छ । यस्तै, १२ कम्पनीको सेयर भने स्थिर कायम छ ।