दोहोरो अंकले घट्यो शेयर बजार

तु खबर संवाददाता
२०८० श्रावण १६, मंगलवार १५:४०

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार झिनो अंकको सुधार देखिएको नेप्समा मंगलबार पुनः घटेको हो ।

मंगलबार नेप्से सूचकांक २८.५९ अंकले घटेर २०७७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ६० लाख १५ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९२ करोड ४४ लाखको कारोबार भएको छ ।

यसअघि सोमबार नेप्से सूचकांक ५.८४ अंकले बढेर २,१०६ को विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ५५ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८५ करोड ८० लाखको कारोबार भएको थियो ।

मंगलबार नेप्सेमा गिरावट आएसँगै १२ उपसूचकहरुमा रातो पोतिएको छ । यस्तै, सोमबार १० उपसूचकमा हरियाली छाएको नेप्सेमा मंगलबार छाएको थियो ।