आइतबार शेयर बजारमा गिरावट, कारोबार २ अर्बमाथि

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा गिरावट आएको छ । आइतबार नेप्से सूचांक २६.१४ अंकले घटेर २१०० को विन्दुमा कायम भएको छ ।
यस्तै, नेप्सेमा सूचीकृत २६६ कम्पनीहरुको ६८ लाख ६्र० हजार कित्ता शेयर कारोबार हुँदा दुई अर्ब ५० करोड २८ लाख ८६ हजार माथिको कारोबार भएको छ ।
नेप्सेमा गिरावट आएसँगै १२ उपसूचक राताम्मे भएका छन् । आइतबार म्युचुअल फण्ड उपसूचक ०.३२ प्रतिशतले बढेको छ भने फाइनान्स उपसूचक सर्वाधिक २.३२ प्रतिशतले घटेको छ ।
त्यस्तै आज होटल तथा पर्यटन उपसूचक र ट्रेडिङ उपसूचक क्रमशः २.०८ र २.०७ प्रतिशतले घटेका छन् ।