कुवेतमा ५ जनालाई मृत्युदण्ड दिइयो
काठमाडौँ । कुवेतले आज पाँच जनालाई मृत्युदण्डको सजाय दिएको छ ।
प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विष्फोटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेको कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ । सो आक्रमणमा परी २६ जनाको ज्यान गएको थियो ।
कुवेति अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ ।
मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ ।
