होटलमा मृत भेटिएका प्रहरी सईको हत्या भएको पुष्टि

तु खबर संवाददाता
२०८० श्रावण १०, बुधबार १८:२३
सांकेतिक तस्वीर

बागलुङ । बागलुङमा मृत भेटिएका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेलको हत्या भएको खुलेको छ ।

उनी मृत भेटिएका होटलका संचालक ४५ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा बिनोद कुँवरलाई पक्राउ गरी अनुसन्धान गर्दा वरिष्ठ सई हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीका अनुसार, होटलमा खाजा खान गएका पौडेलसँग सामान्य विवाद हुँदा उनीहरू कुटपिटमा उत्रिएका थिए । निर्घात् कुटपिटबाट बेहोस् भएका पौडेललाई आमा–छोरा मिलेर कपडाले घाँटी कसेर हत्या गरेको खुलेको हो ।

पौडेल मंगलबार बिहान २ बजे मृत फेला परेका थिए । पक्राउ परेका आशा र उनका छोरामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।