नेप्से झिनो अंकले घट्यो, ३ अर्ब ५ करोडको कारोबार

तु खबर संवाददाता
२०८० श्रावण ४, बिहीबार १६:३५

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से १.३१ अंकले घट्दा २१६३.९२ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचीकृत २६४ कम्पनीको ८४ लाख २४ हजार १ सय ८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यसअघि बुधबार नेप्से परिसूकक ११.१७ अंकले बढेर २१६५ विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २६० कम्पनीहरुको ८६ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजारको कारोबार भएको थियो ।

यस्तै, आज पाँच उपसूचक बाहेक अन्य सबै राताम्मे भएको छ । आज ट्रेडिङ र उत्पादमूलक क्षेत्रमा उछाल छाएको छ । ट्रेडिङ क्षेत्रको उपसूचक ६.३५ प्रतिशतले बढेको छ भने उत्पादनमूलक क्षेत्रको उपसूचक १.३९ प्रतिशतले बढेको छ ।