अल्जेरियामा सवारी दुर्घटना हुँदा ३४ जनाको ज्यान गयो

तु खबर संवाददाता
२०८० श्रावण ३, बुधबार १८:०५

अल्जियर्स । अल्जेरियाको दक्षिणी भागमा बुधबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३४ जनाको ज्यान गएको छ ।

राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर पर अवीसथत तामनरासेट शहरमा यात्रीबाहक बस र औद्योगिक उत्पादन बोकेको बाहन एकआपसमा ठाकिँदा उक्त हताहति भएको उद्धारामा संलग्न एक अधिकारीले बताएका छन् ।

दुई वटा सवारी साधन ठोकिँदा बसमा आगोलोको थियो । दुर्घटनामा परेर अन्य १२ जना घाइते भएका छन् ।

दुवै सवारी साधन द्रुतगतिमा रहेकाले उक्त दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । एजेन्सी