माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ भोलिदेखि खुल्ने
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ भोलिदेखि खुल्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भोलिदेखि आईपीओ खुल्ला गर्न लागेको हो ।
कम्पनीले पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले १० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ दरका १० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
यस्तै, सर्वसाधारणमा निष्कासन हुने १५ लाख कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सेयरमा भने नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुले आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ ।



