बिहीबार नेप्समा गिरावट, तीन अर्ब ३९ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्सेमा गिरावट आएको छ । नेप्से सूचकांक १२.६२ अंकले घटेर दुई हजार ८४ विन्दुमा कायम भएको छ ।
बिहीबार नेप्सेमा सूचीकृत २९६ कम्पनीहरुको ९३ लाख ८२ हजार कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ३९ करोड ६ लाख ६० हजारको कारोबार भएको छ ।
नेप्सेमा गिरावट आएसँगै आज १० उपसूचकहरुमा पनि रातो पोतिएको भएपनि ३ उपसूचकमा भने हरियाली छाएको छ । आज बिहीबार फाइनान्स उपसूचक सवार्धिक २ प्रतिशतले घटेको छ ।
यस्तै, आज म्युचुअल फण्ड, बैंकिङ र होटल तथा पर्यटन उपसूचकमा क्रमशः ०.५५, ०.३१ र ०.१९ प्रतिशतको बृद्धि आएको छ ।



