कांग्रेस बागमतीको संगठन विभाग प्रमुखमा माईकल, सदस्यमा कोइराला

तु खबर संवाददाता
२०८० असार २४, आईतवार १७:५२

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितीको संगठन विभाग प्रमुखमा रामचन्द्र अर्याल (माईकल) मनोनित भएका छन् ।

आइतबार कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले कांग्रेसको विधानको धारा १३ (६) को ‘झ’ बमोजिम माईकललाई संगठन विभाग प्रमुखमा मनोनित गरेका हुन् ।

कांग्रेस महासमिति सदस्यसमेत रहेका माइकल मकवानपुरका पूर्व पार्टी सभापतिसमेत हुन् ।

त्यसैगरी, सभापति बानियाँले कांग्रेस बागमतीको कार्यसमिति सदस्यमा प्रदीप कोइरालालाई मनोनित गरेका छन् । कांग्रेस मकवानपुरका निवर्तमान प्रवक्तासमेत रहेका उनलाई कांग्रेसको धारा १३ (१०) को ‘झ’ बमोजिम सदस्यमा मनोनित गरिएको हो ।