एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न आग्रह

तु खबर संवाददाता
२०८० असार २४, आईतवार १५:२२
file-photo

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न आग्रह गरेको छ ।

बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न आग्रह गरेको हो ।

कार्यालय प्रमुख जयन्ती सत्यालले सबै माध्यमिक विद्यालय तथा क्याम्पसहरूलाई परिपत्र गर्दै १.६ जीपीए ल्याएको विद्यार्थी कक्षा ११ मा भर्ना हुनको लागि योग्य मानिने बताए ।

एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीले कुन कुन विषय पढ्न पाउने भन्ने विषयमा बोर्डले यसअघि नै मापदण्ड तयार पारेको थियो । सोही आधारका विषय मात्र पढ्न पाउने बोर्डले जनाएको छ ।