नेप्से ५२.२६ अंकले बढ्यो, साढे ४ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०८० असार ३, आईतवार १६:०१

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्से ५२.२६ अंकले बढ्दा २०९४.३३ को विन्दुमा कायम भएको छ ।

यस्तै, २८० सूचीकृत कम्पनीको १२ करोड ९५ हजार ९ सय ६६ कित्ता शेयर खरिद बिक्रि हुँदा ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज नेप्सेमा रहेका १३ उपसूचकमध्ये १२ उपसूचकहरुमा हरियाली छाएको छ भने बैंकिङ उपसूचक ०.२९ प्रतिशतले घटेको छ ।

आज सर्वाधिक जिवन बीमा ६.३८ प्रतिशतले बढेको छ भने होटल र पर्यटन उपसूचक ६.१५ प्रतिशतले बढेको छ । अन्य १० उपसूचकहरुमा पनि हरियाली छाएको छ ।