बिहीबार नेप्से ५ अंकले बढ्यो, ३ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार १५:३२

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्से परिसूचक ५ अंकले बढ्दा २०४२.०७ मा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २७० कम्पनीको आज ७८ लाख ९६ लाख ४७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज नेप्सेका १३ उपसूचकमध्ये छ वटा उपसूचकहरु बढेका छन् भने ७ उपसूचकहरु घटेका छन् । होटर र पर्यटन उपसूचक सर्वाधिक चार दशमलव ५६ प्रतिशतले बढेको छ ।