अर्थमन्त्रीले बजेटमाथि उठेको प्रश्नको जवाफ आज दिने

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्न लागेको हो ।
आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।
गत जेष्ठ २१ गतेबाट सुरु भएको बजेटमाथिको सांसदहरुले बोल्ने क्रम आइतबार सकिएको हो । बजेटमाथि बोल्ने क्रममा सकिएसँगै सोमबारको बैठकमा अर्थमन्त्रीले जवाफ दिने सभामुख देवराज घिमिरेले बताए ।
प्रतिनिधि सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।