झिनो अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०८० जेष्ठ २४, बुधबार १७:४४

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग, होटल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।