मंगलबार दोहोरो अंकले बढ्यो शेयर बजार

तु खबर संवाददाता
२०८० जेष्ठ २३, मंगलवार १५:४९

काठमाडौं । साता कारोबार आज तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज २३ अंकले बढेर १९२५ विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा सूचीकृत २६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ९८ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

यसअघि सोमबार नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ को विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २२७ कम्पनीका ५६ लाख २० हजार ३८१ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको थियो ।

यस्तै, आज नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक होटल तथा पर्यटन उपसूचक ५.६७ प्रतिशत र निर्जीवन बीमा उपसूचक ४.६४ प्रतिशतले बढेको छ ।