राष्ट्रिय परीक्षा बोर्डद्वारा तीन जना केन्द्रीय अध्यक्ष कारबाहीमा

तु खबर संवाददाता
२०८० जेष्ठ २, मंगलवार १५:१६
file-photo

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले तीन जना केन्द्रीय अध्यक्षलाई कारबाही गरेको छ । बैशाख २९ र ३१ गते गते संचालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने केन्द्रीय अध्यक्षलाई कारबाही गरेको बोर्डले जनाएको छ ।

बोर्डले एक जनालाई बर्खास्त गरेको छ भने दुई जनालाई सचेत गराएर छोडेको छ । टेक्सास इ मा.वि, मित्रपार्क, काठमाडौं केन्द्र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने केन्द्रीय अध्यक्षलाई बर्खास्त गरिएको हो ।

त्यस्तै, कैलाशकुट बहुमुखी क्याम्पस, मित्रपार्क, काठमाडौं र कुमारी आवासीय मावि, बौद्ध, काठमाडौंका केन्द्रीय अध्यक्षलाई उचित परीक्षाको वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको छ ।