मकवानपुरमा मिटरब्याजीविरुद्ध ३९ उजुरी

मकवानपुर । मकवानपुरमा अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध ३९ वटा उजुरी दर्ता भएको छ । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७१ गठन गर्नुपूर्व नै मिटरब्याजीविरुद्ध २८ वटा र आयोग गठनपछि बिहीबारसम्ममा छ वटा गरी ३९ वटा उजुरी दर्ता भएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले बिहीबार हेटौंडामा अन्तरक्रिया गरेपछि त्यसैको प्रभावमा शुक्रबार एकैदिन पाँच वटा उजुरी परेको उनले बताए ।
आयोग गठनपूर्व परेका उजुरीमध्ये तीन वटामा दुवै पक्षबीच जिल्ला प्रशासन कार्यालयको उपस्थितिमा सहमति भएको छ । पाँच वटा अदालतमा, १८ वटा प्रहरी कार्यालयमा र दुई वटा उजुरी जिल्ला प्रशासन कार्यालयमै रहेको छ ।
साथै आयोगले अनुचित लेनदेन (मिटरब्याज) पीडितलाई निवेदन दिन सात दिन म्याद थप गरेको छ । आगामी जेठ १ देखि एक साताका लागि निवेदन दिने म्याद थप गरेको आयोगले जनाएको छ ।