झिनो अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०८० बैशाख २८, बिहीबार १६:२५

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । नेप्से सूचक ३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २५९ कम्पनीको २१ लाख ३ हजार ७९१ कित्ता शेयर किनबेच हुँदा शेयर बजारमा जम्मा ५७ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग उपसूचक, लाइफ इन्स्योरेन्स र म्युचुअल फण्ड उपसूचकमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक फाइनान्स उपसूचक ०.६७ प्रतिशतले घटेको छ ।