आगोमा जलेर घाइते भएका एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० बैशाख २८, बिहीबार १०:०३
file photo

दैलेख । दैलेखको सामुदायिक वनमा आगलागी हुँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका–६ का भैरे विक रहेको प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दैलेख प्रहरीका अनुसार, नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

आगोमा जलेर घाइते भएका अन्य सात जनाको नेपालगञ्जमै उपचार भइरहेको छ । तीमध्ये तीन जनाको भेरी प्रादेशिक अस्पताल र चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको जनाइएको छ ।

आठबिस नगरपालिका–६ मा रहेको सल्लेरी सामुदायिक वनअन्तर्गत माल्यामा बुधबार बिहान भएको आगलागीमा परी १० जना घाइते भएका थिए । उनीहरूमध्ये गम्भीर घाइतेसहित ८ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको थियो ।

स्थानीय मेडिकलमा उपचार गरिएको दुई जना डिस्चार्ज भइसकेको छ । घाइतेहरू सबै आठबिस नगरपालिका–६ का हुन् ।