आजदेखि १२ कक्षाको परीक्षा सुरु

तु खबर संवाददाता
२०८० बैशाख २६, मंगलवार ०७:४७
file photo

काठमाडौं । आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । बिहान ८ बजेबाट १२ बजेसम्म परीक्षा संचालन हुनेछ ।

यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।

तीमध्ये यस वर्ष ६ हजारभन्दा बढी विद्यार्थी ग्रेड बृद्धीका लागि परिक्षामा सामेल भएका छन् । त्यसका लागि १ हजार ४५३ परीक्षा केन्द्रहरु तोकिएका छन । परिक्षा जेठ ५ गतेसम्म हुनेछ ।

१७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन हुनेछन् । सुरक्षाकर्मीसहित करिब ५० हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । परीक्षामा गत वर्ष ३ विषयमा एनजी आएका करिब ५६ हजार विद्यार्थीले परीक्षा दिनेछन् ।

यो भन्दाअघि दुई वा दुईभन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरूमा सोही वर्षमात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो ।