भोलिदेखि बजेट अधिवेशन सुरु हुने

तु खबर संवाददाता
२०८० बैशाख २३, शनिबार ०९:२६
file-photo

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुँदैछ । दुबै सदनको बैठक भोलि बस्दैछ ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आव्हान गरेका हुन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुबैसदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।