बिहीबार नेप्से परिसूचक १२ अंकले बढ्यो
काठमाडौं । शेयर बजारमा अन्तिम कारोबारको दिन आज नेप्सेमा १२.७३ अंकको सुधार आएको छ ।
आज २७६ सूचीकृत शेयरको २५ लाख ५३ हजार ३७ लाख १४ सय कित्ता बराबरको शेयर कारोबार हुँदा ७३ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यसअघि बुधबार शेयर बजारमा ९ अंकको गिरावट आउँदा नेप्से इन्डेक्स ०.४९ प्रतिशतले घटेर १८५७ विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २६५ कम्पनीको २१ लाख ५५ हजार ४४८ कित्ता शेयर किनबेच हुँदा ६२ करोड १ लाख ९४ हजार रुपैयाँको कारोबार भएको थियो ।



