विकास पाण्डेको ‘एक नास तिमिलाई हेरिरहुँ’ सार्वजनिक

तु खबर संवाददाता
२०८० बैशाख १८, सोमबार १८:४९

हेटौंडा । गायक तथा संगितकार विकास पाण्डेको ‘एक नास तिमिलाई हेरिरहुँ’ सार्वजनिक भएको छ । बि एण्ड जी इन्टरटेन्टमेन्ट नेपाल यूट्युब च्यानलमार्फत सो गीत आज सार्वजनिक गरिएको हो ।

पाण्डेको शब्द, संगीत र स्वरमा तयार भएको गीतको एरेन्ज सुमन तामाङले गरेका छन् । पाण्डेले दर्जन भन्दा बढि गीतमा स्वर तथा सयौँ गीतमा संगीत भरिसकेका छन् । सञ्चार क्षेत्रमा समेत आवद्ध रहेका पाण्डेको सो गीतको म्यूजिक भिडियो चितवनलगायत आसपासका क्षेत्रमा छायांकन गरिएको थियो ।

नेटिभ स्टुडियोमा रेर्कडिङ गरिएको सो गीतको मिक्सिङ/मास्टरिङ सुमन तामाङले नै गरेका हुन् । म्युजिक भिडियोमा दिनेश श्रेष्ठ र मेरिना श्रेष्ठले अभिनय गरेका छन् ।

दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरिसकेका दिनेश र टिकटक स्टार मेरिनाको जोडिलाई म्युजिक भिडियोमा देखाईएको छ । सो म्युजिक भिडियोको निर्देशन नितेश जंग, छायांकन अशिम चौधरी र सम्पादन सुरज महत्तोले गरेका हुन् ।

गणेश चौधरी निर्माता रहेको म्युजिक भिडियोको मेकअपमा सिम्प्लि अनुषा रहेकी छिन् ।