माई खोला हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला

तु खबर संवाददाता
२०८० बैशाख ८, शुक्रबार ०९:१२
file-photo

काठमाडौं । माई खोला हाइड्रोपावरले आजदेखि आईपिओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले सर्वसाधारणका लागि आईपिओ बिक्रीमा ल्याएको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो ।

कुल १५ लाख २९ हजार ४११ कित्ता सेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला भएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

उक्त आईपिओमा बैशाख १२ गतेसम्म आवेदन पाउने अर्थात सो समयसम्ममा सबै शेयर बिक्री नभएमा बैशाख २४ गतेसम्म खुला रहनेछ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको छ ।