१५ अंकले घट्यो नेप्से, ९७ करोड ८५ लाखको कारोबार

तु खबर संवाददाता
२०८० बैशाख ७, बिहीबार १६:४०

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १५.७३ अंकले घटेर १९०४ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २६७ कम्पनीको ३१ लाख ९४ हजार ८२७ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । अघिल्ला दिनको तुलनामा आज थोरै कारोबार रकम बढ्न पुगेको देखिएको छ ।

अघिल्लो दिन शेयर बजार सामान्य अंकले १५ बढेर १९२० को विन्दुमा पुगेको रोकिएको थियो भने नेप्सेमा सूचीकृत २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता शेयर किनबेच हुँदा ८७ करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।

नेप्सेमा रहेका १३ वटै उपसूचक आज राताम्य रहेका छन् । सर्वाधिक फाइनान्स इन्डेक्सको १.५० प्रतिशतले घटेको छ ।