कतिमा कारोबार हुँदैछ सुनचाँदीको भाउ ?
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले बढेर १ लाख १० हजार ३०० रुपैयाँ पुगेको हो ।
यस्तै, आज तेजाबी सुनको भाउ पनि प्रतितोलामा ३०० रुपैयाँले नै बढ्दै १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले बढ्दै एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



