धारिलो हतिया प्रहार गरी युवकको हत्या

तु खबर संवाददाता
२०८० बैशाख ३, आईतवार ०९:२४

बैतडी । बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ बस्ने अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जोशी शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा भेटिएको हो ।

वासुदेवको कसले र किन हत्या गरेको हो ? भनेर खुल्न नसकेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।