सरकार र मिटरब्याजी पीडितको वार्ता भंग

तु खबर संवाददाता
२०७९ चैत्र ३०, बिहीबार १७:३०
file-photo

काठमाडौं । सरकार र मिटरब्याजी पीडितबीचको वार्ता भंग भएको छ । बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको हो ।

सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए ।

उनका अनुसार समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ । ५ दिनसम्म भएको वार्तामा सरकारी पक्षले पुरानै कुराहरु दोहो¥याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिएको उनले बताए ।

संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको उनको आरोप छ ।