सरकारी टोली र मिटरब्याज पीडितबीच आज पनि वार्ता हुने

तु खबर संवाददाता
२०७९ चैत्र २८, मंगलवार ०८:०९
file-photo

काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पनि वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच मंगलबार पनि वार्ता हुने भएको हो ।

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमबार छलफल भए पनि सहमति नभए पछि मंगलबार पुनः छलफल गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए ।

उनका अनुसार, मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिस्ट्रेसन र चेकलगायत विभिन्न ६ बुँदे मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ ।