भूगोल इनर्जी डेभलपमेन्टको आईपीओमा आवेदन दिने समय आज मात्रै

तु खबर संवाददाता
२०७९ चैत्र २७, सोमबार १५:२६
file-photo

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । इच्छुक लगानीकर्ताहरुले आज बेलुका ५ बजेसम्म मात्रै कम्पनीको आईपीओका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म म्याद राख्दै सर्वसाधारणमा १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँको १० लाख ८८ हजार १०७ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कूल निष्काशित सेयरमध्ये कम्पनीले १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ भने ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ४६ हजार ९९३ कित्ताका लागि सर्वसाधारणका लागि निष्काशन गरेको छ ।

इच्छुक लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।