शेयर बजारमा झिनो अंकको सुधार
काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । लगातार गिरावट आएको शेयर बजारमा आज ८ अंकले बढेर १८७४ को विन्दुमा कायम हुन पुगेको हो ।
शेयर बजारमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने सन्तोषजनक देखिएको छैन । नेप्सेमा सूचीकृत २६२ कम्पनीको २५ लाख ८४ हजार ४०० कित्ता शेयर किनबेच हुँदा आज जम्मा ८१ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन सूचक, निर्जीवन बीमा र ब्यापार उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।
सर्वाधिक आज होटल तथा पर्यटन उपसूचक १.०४ प्रतिशतले बढेको छ भने सर्वाधिक निर्जीवन बीमा उपसुचक ०.५२ प्रतिशतले घटेको छ ।



