बारा–२ : रास्वपाका रमेश खरेलले गरे उम्मेदवारी दर्ता

२०७९ चैत्र २०, सोमबार १५:४६

बारा । बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गरेका छन् ।
एमालेका पुरुषोत्तम पौडेल, जसपाका उपेन्द्र यादव र नागरिक उन्मुक्तिका डा. कमरुल्लाह अन्सारीपछि खरेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
बैशाख १० मा हुने उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराएका हुन् ।