१७ अंकले बढ्यो नेप्से, १ अर्ब ३८ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । केही दिनयता लगातार घटेको नेप्से सूचक आज १७.७० अंकले बढेर १९०६ को विन्दुमा पुगेर रोकिएको छ ।
यस्तै, आज नेप्सेमा सूचीकृत २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३८ करोड २७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
अघिल्लो दिन यस्तो सूचक २६.८७ अङ्कले घट्दै १८ सय ८८.२७ अङ्कको विन्दुमा झरेको थियो भने नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २८ करोड ९३ लाख ७१ हजार रुपैयाँको शेयर किनबेच भएको थियो ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये सोमबार माइक्रोफाइनान्स उपसूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ ।



