हिउँमा फसेका दुई नेपालीको उद्धार
गोरखा । गोरखाको लार्केपासको हिउँमा फसेका दुई जना नेपालीको उद्धार गरिएको छ । हिउँमा फसेको जानकारी आएपछि उनीहरूलाई सामागाउँ प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान उद्धार गरिएको हो ।
नवलपुरका सौरभ खनाल र अनिता घलेलाई उद्धार गरेर धर्मशालासम्म ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार, उनीहरू बुधबार हिउँमा फसेको जानकारी आएको थियो । लगत्तै प्रहरीहरू त्यसतर्फ गएर उद्धार गरेको हो ।
लार्केपास गर्न बुधबार बिहान उनीहरू सामागाउँको लार्के गाउँबाट त्यसतर्फ लागेका थिए । उनीहरू धर्मशालाबाट करिब २ घण्टामाथि बाटोमा हिउँमा फसेको जानकारी आएपछि उद्धार गरिएको हो । उद्धार गरिएकाहरूको अवस्था सामान्य छ ।
