जंगलको आगो वस्तीमा पस्दा २ घर जलेर नष्ट

तु खबर संवाददाता
२०७९ फाल्गुन २३, मंगलवार ०८:५४
file photo

फिदिम । पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्वर १ को जंगलमा लागेको डढेलो वस्तीमा पस्दा दुई वटा घर जलेर नष्ट भएको छ ।

आगलागीबाट कुम्मायक गाउँपालिका–१ साठीमुरेमा वसन्तकुमार चाम्लिङ र उनका छोरा छत्रबहादुरको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोमबार साँझ करिब ५ बजेतिर घरमा आगो सल्किएको थियो । स्थानीयवासी र प्रहरीले आगो निभाउन प्रयास गरे पनि सकेनन् ।

प्रहरीका अनुसार, घरसँगै अन्नपात, लत्ताकपडा, नगद र गहनासमेत गरी करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।